महोत्तरीमा एचआइभी संक्रमतीको संख्या बढ्यो ।

0
374
गौशाला, ३१ असार । आव २०७३÷०७४ मा महोत्तरी जिल्लामा एचआइभी संक्रमित व्यक्ति ५२ जना रहेको विवरण सार्वजनिक गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले वार्षिक समीक्षा गोष्ठीका क्रममा शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार आव ०७३÷७४ को असारसम्ममा एचआइभीबाट संक्रमित व्यक्तिको संख्या ५१ जना पुगेको छ । आव ०७२÷७३ मा भने जिल्लामा १० पुरुष, ११ महिला र तीन बालक गरी २४ जना व्यक्ति एचआइभीबाट संक्रमित थिए ।
जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा नागेन्द्र यादवका अनुसार जिल्लाका विभिन्न गाउँका २९ पुरुष, १८ महिला, एक गर्भवती र तीन बालक एचआइभीबाट संक्रमित छन् । एचआइभी संक्रमित सबै जनाले जिल्ला स्वास्थ्य कार्यालयबाट एआरटी औषधोपचार सेवा लिइरहेका छन् ।
गत आवमा संक्रमित २४ जनामध्ये गत पुसमा एक जनाको मृत्यु भएको जनाइएको छ ।