निर्वाचन क्षेत्र बिस्तार असम्भव ।

0
373
साउन २ काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले २४० निर्वाचन क्षेत्र कायम राख्ने प्रस्ताव राखेको भन्ने विषयलाई लिएर प्रमुख दलबाट कडा आलोचना भैरहँदा श्रममन्त्रीले त्यसतो काम नभएको बताएका छन् ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेको आइतबार बसेको स्थायी समिति बैठकले निर्वाचन क्षेत्रको संख्या बढाउने कुरा मान्य नहुने निर्णय गरेको थियो।
सत्तापक्षकै कैयौं नेताहरु पछिल्लो प्रस्तावको विपक्षमा देखिएका छन्।
गत हप्ता प्रधानमन्त्री देउवाले दलहरुसँगको छलफलमा राजनीतिक निकासको एउटा विकल्पको रुपमा २४० निर्वाचन क्षेत्रबारे प्रसंग निकालेको उनकै दलका नेता रामचन्द्र पौडेलले संचार माध्यमलाई बताएका थिए।
तर त्यस विषयमा सामान्य कुराकानी मात्रै भएको भन्दै श्रम मन्त्री फरमुल्लाह मन्सुरले प्रधानमन्त्रीको बचाउ गरेका छन्।
सरकार संविधानमा व्यवस्था भए अनुसार नै १ सय ६५ वटा निर्वाचन क्षेत्र कायम गरि अघि बढ्न दृढ रहेको उनको भनाइ छ।
राजनीतिक दलहरुसँग गरेको छलफलमा विभिन्न कुराहरु उठ्छ तर जब हामीले १६५ निर्वाचन क्षेत्र राख्ने भनेका छौँ, प्रधानमन्त्रीको स्वविवेकले त्यो परिवर्तन हुन सक्दैन्, संविधानलाई नबुझेर वा बुझ पचाएर निहित स्वार्थका लागि क्षेत्र बढाउन लागिएको भनेर टिका(टिप्पणी गरिएको हो।
अनौपचारिक छलफलमा प्रवेश पाएको उक्त प्रसंगलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, संघीय समाजवादी फोरम लगायत दल असन्तुष्ट छन्।
एमालेले त्यस प्रचारभित्र गम्भिर षडयन्त्र लुकेको ठहर गरेको छ।