सेयरबजारमा उत्साहजनक सुधार बजार दोहोरो अंकले बढ्यो,लगानीकर्ता उत्साहित ।

0
589

काठमाडौँ, २ साउन । साउनको हरियाली महिनालाई सेयर बजारले पनि थप हरियाली बनाइदिएको छ । आर्थिक वर्षको सुरुवात बाटै सुधार आउको सेयर बजारमा सोमबार पनि सुधार आएको छ । बजार दोहोरो अङ्कले बढेर एक हजार ६०४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्स्चेन्जका अनुसार २० दशमलव ५८ बिन्दुले बजार बढेको छ ।

कुल १ सय ५४ कम्पनीको २० लाख १२ हजार ४ सय १५ कित्ता शेयर रु ६९ करोड ४३ लाख ६९ हजार ४३५ मा कारोबार भएको छ । आइतबारभन्दा रु एक करोडमात्रै बढी कारोबार भएको स्टकले जनाएको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ४ दशमलव ४ बिन्दुले बढेको छ । आज सबै उपसूचकहरुमा समेत हरियाली छाएको छ । बैंकिङ २१ दशमलव ८३, होटल २६ दशमलव ३९, विकास बैँक २९ दशमलव ५७, जलविद्युत् ९ दशमलव १८, वित्त क्षेत्र ५ दशमलव २३, बीमा ९५ दशमलव ३५, उत्पादन समूह २७।०४ र अन्य समूह १ दशमलव १६ बिन्दुले बढेको छ ।

आज हिमालयन डिस्टिलरीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने नेशनल माइक्रो फाइनान्स, फरवार्ड माइक्रो फाइनान्स, रिलायबल वित्तीय संस्था, सिनर्जी पावर र किसान माइक्रो फाइनान्सको शेयरमूल्यसमेत बढेको स्टकले जनाएको छ ।