विराटनगरमा बसको ठक्टरबाट मोटरसाइकल चालकको ज्यान गयो ।

0
889

२ साउन मोरङ। विराटनगर–५ स्थित कोशी राजमार्गमा सोमबार दिउँसो यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दक्षिणबाट उतरतर्फ जाँदै गरेको मे १ ख २४६७ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको को ३० प ११०० नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक रंगेली नगरपालिका–२ बबियाबिर्ता बस्ने ३० वर्षीय सुरेश भट्टराईको मृत्यु भएको हो । दिउँसो १ बजे बसको ठक्करबाट गम्भीर घाइते भएका भट्टराईको विराट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।