सर्वोच्चबाट मुद्धाको सुनुवाइ सारेको सारै,चुडामणी शर्मा र भरतपुर मुद्धाको सुनुवाई अन्यौलमा ।

0
1011

साउन २ काठमाडौ । भ्रष्टाचारको आरोपमा पक्राउ परेका आन्तिरक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ ‘हेर्हाहेर्दै’मा सरेको छ।

न्यायाधीश चोलेन्द्रशमशेर जबरा र प्रकाश सिंह राउतको इजलासमा परेको उक्त मुद्दा ‘हेर्दाहेर्दै’ समय अभाव भएर सरेको हो।
भ्रष्टाचारको आरोपमा अख्तियारले पक्राउ गरेका शर्मालाई गैरकानुनी थुनामा राखिएको भन्दै श्रीमती कल्पना शर्माले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। शुक्रबार सरकारी वकिलहरुले मुद्दामा बहस गरेका थिए।

महान्यायाधीवक्ता रमन श्रेष्ठ र दुई जना सरकारी वकिल र अख्तियारका तर्फबाट द्रोणराज रेग्मीले सोमबार बहस गरेका थिए। यसअघि आइतबार शर्माको तर्फबाट अधिवक्ताहरु बद्रीबहादुर कार्की, शेरबहादुर केसी, भीमार्जुन आचार्यले बहसले गरेका थिए।
बहस भोलि फेरि हुनेछ । शर्मा विरुद्ध अख्तियारले लगेको भ्रष्टाचार मुद्दा विषेश अदालतमा दर्ता भैसकेको छ।

उनलाई कर फर्छ्यौट आयोगको सदस्य सचिव हुँदा १० अर्ब २ करोड भ्रष्टाचार गरेको अभियोग अख्तियारले लगाएको छ। कर फर्छ्यौट गर्दा अनियमितता गरेको आरोमा अख्तियारले उनलाई पक्राउ गरेर अनुसन्धानका लागि आफ्नै हिरासतमा राखेको थियो।पक्राउको १ महिना पछि उनीसंग ३ अर्ब रुपैँया धरौटी मागेको थियो। तर शर्माले धरौटी तिर्न नसकेपछि थुनामै छन्। सोमबार शर्मालाई बन्दीप्रत्यक्षीकरणको मुद्दाको सुनुवाईका क्रममा अदालतमा उपस्थित गराइएको थियो। यसैबीच पहिलो चरणमा चुनाव भएको चितवनको भरतपुर महानगरमा मतपत्र च्यातिएको मुद्दाको सुनुवाइ फेरि सरेको छ।
पटक पटक सर्दै आएको मुद्दाको सोमबार न्यायाधीशहरुओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको थियो। सोमबारको सुनुवाइमा रिट निवेदकका पक्षबाट अधिवक्ता टिकाराम भट्टराईले बहस गरेका थिए। समय अपुगका कारण सो मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

न्यायाधीश भण्डारी भोलि अमेरिका गएर शनिबार मात्र फर्कने भएकाले अर्को सुनवाइ साउन ८ गते हुने सर्वोच्चले जनाएको छ।
भरतपुरमा मतगणना हुँदाहुँदै माओवादी प्रतिनिधीहरुले मतपत्र च्यातेपछी विवाद सुरु भएको थियो। विवादपछि मतगणना स्थगित भएको थियो ।