टानमा अध्यक्ष रिजालको दादागिरी, रातारात भयो कोषाध्यक्षको अधिकार कटौती !

0
760

काठमाडौं साउन २ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा आर्थिक विषयलाई लिएर सुरु भएको विवाद थप चर्किँदै गएको छ । अध्यक्ष चन्द्र रिजालले कोषाध्यक्षको अधिकार कटौती गर्दै विधान संशोधन गरेपछि सुरु भएको विवादले उग्र रुप लिएको हो ।

टान कार्यालयमा बसेको कार्यसमिति बैंठकमा विधान संशोधन र कोषाध्यक्षको अधिकार कटौती सहित सह–कोषाध्यक्षको हस्ताक्षर चल्ने गरि केही दिन अघि मात्र सनराइज बैंकमा खाता खोलेको विषयलाई लिएर चर्काचर्की भएको टान स्रोतको भनाइ छ । टान अध्यक्ष चन्द्र रिजालले कोषध्यक्ष नभएको मोका छोपि कार्यसमिती बैठक बोलाएर कोषध्यक्ष लिला दाहालको अधिकार कटौती गर्ने कार्य गरेका थिए । एकलौटी रुपमा कार्यसमिती बैठक बोलाएर कोषध्यक्षको अधिकार कटौती गर्न खोजेपछि कार्यसमितकिा अन्य सदस्यहरुले माइन्युट नै च्यातेका थिए । तर यतिबेला
अध्यक्ष रिजाल साधारणसभाले पारित गरेको विधानको विषयलाई लिएर विवाद झिक्नुमा कुनै तुक नहुने तर्क गर्दै आएका छन् । ।
त्यति मात्रै होइन टानका अध्यक्ष रिजालले कार्यसमितीमा के के एजेण्डामा छलफल गर्नुपर्ने हो त्यसको बारेमा एक साता अँघिनै कार्यसमितीलाई जानकारी दिनुपर्ने भएपनि गुण्डागर्दी शैलिमा एकाएक यस्तो घृणित कार्य गरेका छन् । अध्यक्षको निणर्यबाट असन्तुष्ट बनेका सदस्यहरुले झुक्याएर विधान संशोधन गरेको भन्दै त्यो नसच्चिएसम्म स्वीकार्य नहुने बताएका छन् । यही विषमा अध्यक्ष रिजाल र कोषाध्यक्ष लिलाबल्लभ दाहाल पक्ष बीच बैठकमा चर्काचर्की भएको थियो । तनावपछि रिजालले संस्थागत माइन्यूटको किर्ते खडा गरि
त्यसैलाई कार्यसमितीको निणर्य भन्दै प्रचार गर्ने गरेका छन् ।
कुरा जे जस्तो भएपनि अध्यक्ष रिजाल सहित वर्तमान कार्यसमितिका केही सदस्यले जथाभावी खर्चमा हस्ताक्षर गर्न कोषाध्यक्षलाई पटक–पटक आग्रह गरेको प्रस्ताव कोषाध्यक्षले अस्विकार गरेपछि अध्यक्ष रिजालले कोषध्यक्ष नभएको मोका छोपि साधारणसभाबाट कोषाध्यक्षको अधिकार कटौती हुने गरी झुक्याएर विधान संशोधन गर्ने कार्य गरेका हुन् । । टानको आर्थिक स्रोत परिचालन सम्बन्धमा लामो समयदेखि टान नेतृत्व र कोषाध्यक्षबीच विवाद जारी छ । कोषाध्यक्ष लीलावल्लभ दाहालले टानको आर्थिक स्रोत परिचालन गर्दा टान अध्यक्ष वा महासचिव र कोषाध्यक्षको अनिवार्य हस्ताक्षर चाहिने विधानतः व्यवस्था भए पनि टान अध्यक्ष रिजाल र महासचिवले आफ्नो हस्ताक्षर दुरुपयोग गरी सह–कोषाध्यक्षको हस्ताक्षर चलाउन सकिने सहमति भएको भन्दै गैरीधारास्थित सनराइज बैङ्कमा खातासमेत सञ्चालन गरिएकोप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । कोषाध्यक्ष दाहालले आफूले सनराइज बैङ्कलाई टान विधानको व्यवस्थाबारे जानकारी गराएको र त्यसपछि बैङ्कले खाता अनधिकृत रूपमा सञ्चालन भएको स्वीकार्दै खाता रोक्का गर्ने बताएको उनको भनाइ । बैङ्क खाता सम्बन्धमा टान नेतृत्वले प्रष्ट जवाफ दिनुपर्ने भन्दै उनले विधानको निरन्तर उल्लङ्घन गरिए सर्वोच्च र अख्तियारमा जाने चेतावनी दिएका छन् । अध्यक्ष आर्थिक अपचलन गर्न खोज्ने र कोषाध्याले विधान सम्वत् गर्नुपर्ने अडान लिँदा टान नेतृत्व र कोषाध्यक्षबीच जुहारी चल्दै आएको छ ।
टानमा विवाद बढ्दै जाँदा दैनिक प्रशासनिक खर्च, विज्ञापन, कर्मचारीको सुविधाका साथै पदयात्रा प्रर्वद्धनमा पनि समस्या आएको छ ।

त्यसोत टानको विधानमा कुुनै पनि आर्थिक कारोबारमा अध्यक्ष वा महासचिवमध्ये कुनै एक तर कोषाध्यक्षको हस्ताक्षर अनिवार्य हुनुपर्ने विधानमा उल्लेख छ । तर चन्द्र रिजाल नेतृत्वको वर्तमान कार्यसमितिका केही सदस्यले विधानको बर्खिलापमा जथाभावी खर्च गर्नमा लागी हस्ताक्षर गर्न कोषाध्यक्षलाई दावब दिने गरेका छन् ।
टिम्स ‘पदयात्री सूचना व्यवस्थापन प्रणाली’ कार्ड कोषको रकम हिनामिना गर्न खोजेकाले त्यसलाई रोक्न आफूले हस्ताक्षर नगरेको कोषाध्यक्ष दाहालको भनाइ छ । उनले पर्यटन बोर्डबाट आउन लागेको चार करोड रुपैयाँ हिनामिना गर्न अध्यक्षले दावाव दिएपनि आफुले अवैधानिक कार्य गर्न नमान्दा अधिकार कटौती भएको बताए ।
टानमा अहिले करिब १६ सय ट्रेकिङ कम्पनी आवद्ध छन् । अहिलेको नेतृत्वको दुई वर्षे कार्यकाल आगामी सेप्टेम्बरमा सकिदैँछ ।