अल्ट्रा धावक पण्डितको शव बिहिबार काठमाण्डौं ल्याइने ।

0
2332
साउन ४ काठमाण्डौं, प्रकाश शर्मा । गत असार ४ गते अलास्का राज्यको डेनाली नेशनल पार्कस्थित डेनाली माउन्ट आरोहणका क्रममा निधन भए अल्ट्रा धावक एवं पर्वतारोही सञ्जय पण्डितको शव बिहिबार काठमाण्डौ ल्याइने भएको छ । ।विश्व क्रितिमानी धारी धाबक संजय पण्डितको प्रार्थीव शारीर बिहिबार रति सम्ममा त्रिभुवन विमानस्थल आइ पुग्ने र शुक्रबार बिहान दसरथ रंगशालामा श्रदान्जलीका लागि राखिने भएको छ ।
हाई अल्टिच्युडका कारण पण्डितको निधन भएको थियो । हिामालबाट उद्धार गर्न कठिन भएकाले पार्थीव शरिर ल्याउन कठिन भएको अमेरीका स्थित नेपाली दुतावासले जनाएको छ । पण्डितको १७ हजार २०० फिट उचाईमा निधन भएको थियो।
पण्डितले २००९ बाट शाहसिक करियर सुरु गरेका थिए । उनले प्युठानको स्वर्गद्धारीबाट काठमाडौंको दुरी ४७ घन्टा २० मिनेटमा पार गरेका थिए । त्यसपछि उनले थुप्रै अल्टा दौड पुरा गरे ।
उनले खासादेखि काठमाडौं तथा गोरखादेखि काठमाडौंसम्म पनि दौड पुरा गरेका थिए ।
त्यसपछि उनको हिमाल आरोहण सुरु भयो । विश्वको सर्बोच्च शिखर सगरमाथा दुई पटक सफल आरोहण गरेका सन्जयले त्यसपछि भने सेभेन समिट अर्थात सातै महादेशका सर्वोच्च शिखर चढने निर्णय लिएका थिए । त्यसपछि उनले अफ्रिकाको छानोका रुपमा चिनिएको माउन्ट किलिमन्जेरोको सफल अरोहणका साथै दक्षिण एशियाकै तिब्र गतीका आरोहीको कीर्तिमान कायम गरे । लगत्तै सन्जयले युरोपको सर्वोच्च शिखर माउन्ट एल्ब्रुसको सफल आरोहण गर्दै चुचुरोमा छ मिनेट ३ सेकेन्ड अर्धनग्न बस्दै नयाँ कीर्तिमान कायम गरेका थिए ।