झापामा भारतीय हात्तिको विगविगी,स्थानीय रातभर जाग्रम बस्न बाध्य ।

0
805

झापा ४ साउन । साविक चन्द्रगढी गाविसको ३, ९ र १ वडामा जङ्गली हात्तीको बिगबिगी बढेपछि स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएका छन् ।

भारतीय जङ्गलबाट नेपाल छिर्ने हात्तीको बथानले भद्रपुरका दक्षिणी भेगका जनतालाई दुःख दिन थालेपछि उनीहरु रातभर जाग्राम बस्न बाध्य भएका हुन् । पूर्वी झापाको बाहुणडाँगीमा नियन्त्रण भएपछि भारतीय हात्तीको बिगबिगी अहिले भद्रपुरको दक्षिणी भेगमा बढेको छ ।

पछिल्लो केही महिनायता चन्द्रगढी सामुदायिक वनमा बस्दै आएका पाँचवटा हात्तीको समूहले साँझ परेपछि जङ्गल नजिकका बस्तीमा प्रवेश गरी घर भत्काउने, बाली खाइदिने तथा बोटबिरुवा र घरपालुवा जनवारमाथि आक्रमण गरी क्षति पु¥याउन थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।

दुई दिन पहिले भद्रपुर १० स्थित बरपिपल चौकमा हात्ती प्रवेश गरी तीनवटा घरमा क्षति पु¥याएको स्थानीयको भनाइ छ ।

जिल्ला वन कार्यालयको गस्ती टोलीले हात्ती धपाउन स्थानीयवासीलाई सहयोग गरिरहेको भए पनि समस्या हाल हुनसकेको छैन । प्रायः दिनहुँ जङ्गली हात्ती मानबस्तीमा आउने क्रम बढ्दै गएपछि नियन्त्रणका लागि दीर्घकालीन योजना बनाउनुपर्ने माग स्थानीयको छ ।