चूडामणि शर्माविरुद्धको मुद्दा जस्ताको तस्तै राख्नसर्वोच्चको आदेश !

0
707

काठमाडौ ४ साउन । सर्वोच्च अदालतले कर फर्छ्यौट आयोगका सदस्य(सचिव चूडामणि शर्माविरुद्ध विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दा जस्ताको तस्तै राख्न आदेश गरेको छ। न्यायाधीश चोलेन्द्रशमशेर राणा र प्रकाश राउतको संयुक्त इजलासले यो मुद्दालाई पूर्ण इजलासमा पठाउँदै उसैले निर्णय गर्ने आदेश गरेको हो।
अख्तियारले पक्राउ गरी थुनामा राखेका शर्मालाई पूर्ण इजलासले निर्णय नगरुन्जेल अख्तियारकै हिरासतमा राख्न पनि आदेश गरेको छ। शर्मा पत्नीले आफ्ना पतिलाई अख्तियारले गैरकानुनी थुनामा राखेको जिकिर गर्दै दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि चार दिन बहस सुनेपछि सर्वोच्चले यस्तो आदेश गरेको हो। उनले आफ्ना श्रीमान्लाई थुनामुक्त गर्ने मात्र होइन भ्रष्टाचार मुद्दा नचलाउने आदेश दिन पनि माग गरेकी थिइन्।