२०८२ असार २७ गते शुक्रबार
२०८२ असार २७ गते शुक्रबार

पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहबीच भेटवार्ता भएको छ । पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न बालेन उनको निवास भंगालमा पुगेका थिए ।

पूर्व राष्ट्रपति भण्डारी र मेयर शाहबीच गत बिहीबार भेटवार्ता भएको हो । मेयर शाहको सचिवालय स्रोतले पूर्व राष्ट्रपतिसँग मेयर शाहको भेटवार्ता भएको पुष्टि गरेको छ । ‘बिहीबार पूर्व राष्ट्रपतिको निवासमा उहाँहरूबीच भेटवार्ता भएको हो,’ सचिवालय स्रोतले सुनायो । उक्त भेटका क्रममा नेकपा (एमाले) का नेताहरू शेरधन राई, काठमाडौं क्षेत्र नम्बर ९ का सांसद कृष्णगोपाल श्रेष्ठलगायत नेताहरू पनि थिए ।

भण्डारी राष्ट्रपति रहँदा ‘राष्ट्रपति चुरे–तराई संरक्षण कार्यक्रम’ अन्तर्गत चुरे क्षेत्रमा वन्यजन्तुको अण्डरपाससम्बन्धी एक योजनामा बालेन शाह पनि कार्यरत रहेको र पुरानै चिनजान अनुसार भेटवार्तालाई निरन्तरता दिइएको मेयर शाहको सचिवालय स्रोतको भनाइ छ । ‘उहाँहरूबीच समसामयिक विषयमा कुराकानी भयो’ स्रोतले भन्यो । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालेनको तिक्तता बढिरहेका बेला एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी भण्डारीसँग उनले भेटेका हुन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।