एक बर्षमा सडक दुर्घटनामा १ सय ६३ को ज्यान गयो !

0
692

काठमाडौ ५ साउन । गत आथिृक बर्ष मा २ सय ५८ वटा दुर्घटनामा परी १६३ जनाले ज्यान गुमाएका छन् । जसमा २४१ जना गम्भीर र ३३४ जना सामान्य घाइते भएका थिए ।
अघिल्लो आवमा भएका १५१ वटा सवारी दुर्घटनामा ७५ जनाको मृत्यु भएको थियो । ती घटनामा ११४ जना गम्भीर र १२१ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालय प्रहरीका अनुसार आव २०७१÷७२ मा १२६ वटा दुर्घटना भएका थिए । जसका कारण ८२ जनाको मृत्यु १२७ जना गम्भीर र १३२ जना सामान्य घाइते भएका थिए ।

गत आवमा सबैभन्दा बढी नारायणगढ–मुग्लिन सडकखण्डमा २९ प्रतिशत, पूर्वपश्चिम राजमार्गमा २२ प्रतिशत, पृथ्वीराजमार्गमा १७ प्रतिशत, भरतपुर क्षेत्रमा १४ प्रतिशत र अन्य भित्री सडकमा १८ प्रतिशत सवारी दुर्घटनामा मृत्यु भएको छ । जसमा १५८ वटा दुर्घटना चालकको लापर्बाहीबाट, १६ वटा अर्कोलाई उछिन्ने क्रममा, ४५ वटा तीव्र गतिका कारण, १२ वटा मादक पदार्थ सेवन गरी चलाएका कारण, दुईवटा यान्त्रिक गडबढीका कारण, चारवटा अधिक भार ‘ओभरलोड’का कारण, १३ वटा यात्रुको गल्तीका कारण, पाँच सडकको अवस्थाका कारण र तीनवटा प्राकृतिक प्रकोपका कारण दुर्घटना भएका हुन् ।