संसद बैठकमा किन कड्किए भिमसेनदास प्रधान ?

0
2634

काठमाडौँ, ५ साउन । नेपाली काँग्रेसका भीमसेनदास प्रधानले व्यवस्थापिका–संसद्को विहिबारको बैठकमा राजधानी काठमाडौँका सडक धरापमा परिणत भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
संसद्को विशेष समयमा बोल्दै उहाँले आफ्नो निर्वाचन क्षेत्रमा ढलमा बगेर ज्यान गुमाएकी विनिता फुयाँलको स्मृतिमा अक्षयकोष स्थापनार्थ आफ्नो एक महिनाको पारिश्रमिक त्यस निम्ति प्रदान गर्ने घोषणा गर्नुभयो ।
सांसद भीम रावलले निर्वाचन क्षेत्र निर्धारण आयोग अविलम्ब गठनको माग गर्नुभयो । प्रदेश र सङ्घको निर्वाचनका लागि क्षेत्र निर्धारण जरुरी भएकाले आयोग गठनको आवश्यकता जरुरी उहाँको भनाइ थियो ।

सांसद अभिषेकप्रताप साहले भैरहवा भन्सार कार्यालयका केही पदाधिकारी आर्थिक अनियमिततामा लिप्त रहेका र राजस्व छली भएकाले त्यसको अन्त्यका लागि आवश्यक कारबाही गर्न सदन र सरकारको ध्यानाकर्षण गर्नुभयो । साथै उहाँले संसदीय छानबिन टोली गठनको माग पनि गर्नुभयो ।

सांसद शिवचन्द्र चौधरीले एक हजार २०० मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिइएकामा आपत्ति जनाउनुभयो ।यस्तै संसदमा विभिन्न दलका संसदले बाढी,पहिरोमा परेकालाई राहत र क्षतिपूर्ती दिन माग गरेका थिए ।