११औं शैक्षिक मेलाको भब्य उद्धघाटन,अब एकै छानाबाट बिद्यार्थीले पाउने छन् नि:शुल्क परामर्श । (भिडियो रिपोर्ट)

0
773
काठमाडौँ, ५ साउन । नेपाली विद्यार्थीलाई स्वदेशी तथा विदेशी शिक्षा प्रणालीका बारेमा जानकारी गराउने उद्देश्यले आजदेखि राजधानीको भृकुटिमण्डपमा ११औं बृहत् शैक्षिक मेला’ शुरु भएको छ ।
भृकुटीमण्डपमा शुरु भएको सो मेलाको नेपालका लागि श्रीलंकाका राजदूत डब्लुएस पेरेराले उद्घाटन गर्दै राजदूत पेरेराले शिक्षाको क्षेत्रबाट नेपाल र श्रीलंकाको सम्बन्ध अझ सुदृढ गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेपालका विद्यार्थीलाई श्रीलंका सरकारले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिँदै आएको भन्दै छात्रवृत्तिलाई अझ बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले आयोजना गरेको कार्यक्रममा सङ्घका अध्यक्ष प्रकाश पाण्डेले विद्यार्थीलाई विदेशमा अध्ययन गर्न जाँदा सजिलो होस् भनेर विदेशका विश्वविद्यालयको जानकारी गराउन र त्यहाँ प्राप्त हुने छात्रवृत्ति, सुविधा र गुणस्तरीय शिक्षामा पहुँच पु¥याउनका लागि मेला आयोजना गरिएको जानकारी गराउनुभयो ।
४ दिन सम्म चल्ने मेलामा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान फ्रान्सलगायत १५ देशका विश्वविद्यालय प्रतिनिधिको सहभागिता रहेको छ ।
मेलामा स्वदेश र विदेशका गरी ३७० कक्ष राखिएको छ । मेलाको पहिलो दिननै अनुमान गरिए भन्दा धेरैले अवलोकन गरेको आयोजकले जनाएको छ । मेला हरेक दिन १० बजे देखि ५ बजे सम्म सञ्चालन हुने इक्यानले जनाएको छ । मेलामा प्रवेश निशुल्क गरिएको छ भने हरेक दिन रक्तदान तथा डेण्टल क्याम्पको पनि ब्यबस्था मिलाइएको छ ।