बसको ठक्कर बाट नवलपरासिमा एक जनाको ज्यान गयो ।

0
557

नवलपरासी, ६ साउन । बसको ठक्कर बाट नवलपरासिमा एक जना साइकलयात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा नवलपरासी बुलिंगटार घर भई गैँडाकोटमा डेरा गरी बस्ने १९ वर्षीय तेजराम थापा रहेका छन् । ठक्करबाट गम्भीर घाईते भएका थापाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दैलेखबाट काठमाडौका आउँदै गरेको ना ४ ख ३१९४ नं को बसले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट काँग्रेसचोकमा बाटो काट्ने क्रममा ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।