उत्तर कोरिया बिरुद्ध अमेरीका आक्रामक,आफ्ना नागरिकलाई कोरीया यात्रामा प्रतिबन्ध ।

0
550

साउन ७ काठमाण्डौं । संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरियाको यात्रा गर्न प्रतिबन्ध लगाउने तयारी गरेको दुईवटा विदेशी ट्राभल एजेन्सीले बताएका छन्।
ती ट्राभल एजेन्सीका अनुसार अर्को महिनाको अन्त्यदेखि त्यस्तो प्रतिबन्ध लागू हुनेछ।
कोर्यो टूर्स र यङ्ग पायोनीयर टूर्सले जुलाइ २७ तारिखमा अमेरिकाले यात्रा प्रतिबन्धको घोषणा गर्ने र त्यसको ३० दिनपछि त्यो कार्यान्वयनमा आउने बताएका हुन्।
सो प्रतिबन्ध लागू भएपछि उत्तर कोरियाको यात्रामा जाने अमेरिकी नागरिकको पासपोर्ट रद्द गरिने बताइएको छ।

हुन त प्रतिबन्धको तयारीबारे अमेरिकाले अहिलेसम्म पुष्टि गरिसकेको छैन।
तर दुई मुलुकबीचको बिग्रिदो सम्बन्ध र गत वर्ष उत्तर कोरियामा पक्राउ परेका एक अमेरिकी विद्यार्थीको यातनाका कारण हालै मृत्यु भएपछि त्यस्तो अवस्था आएको बताइएको छ।

उत्तर कोरियाले १५ महिनासम्म थुनामा राखेर गत महिना रिहा गरेका अमेरिकी विद्यार्थी अटो वार्मबिएरको मृत्यु भएको थियो।
घर फर्किएको केही दिनपछि नै उपचारका क्रममा उनको मृत्यु भएको थियो।