नेबिसंघले गर्यो ८ लाख बराबरको राहत बितरण ,बाढीपीडितलाई तत्काल राहत दिन सरकारसँग माग ।

0
3885

साउन ८ काठमाडौ ।नेपाल बिद्यार्थी संघ प्रदेश नम्बर २ को सम्योजकत्वमा नेबिसंघ केन्द्रिय समितिले सप्तरी, सिराहाका बाढी पीडित परिवार लाई ८ लाख बराबरको राहात सामाग्री बितरण गरेको छ । आइतबार २ नम्बर प्रदेशमा आयोजित एक कार्यक्रम विच रहात सामाग्री बितरण गरिएको हो । नेपाल बिद्यार्थी संघले पीडित बिद्यार्थीहरु लाई झोला, कापी, कलम तथा पीडित परिवारलाई प्रती परिवार एक झुल,एक १५ किलो चामल, दाल, म्याट्रेस केही थान कपडा बितरण गरेको छ । राहात बितरण कार्यक्रममा नेपाली काङ्रेशका केन्द्रिय सदस्य युवा नेता विश्व प्रकाश शर्माले जनताले बाँच्न पाउने नैसार्गिक अधिकार कसैले खोस्न नपाउने बताउदै नेबिसंघले मानबिय कार्य गरेर उदाहराणीय काम गरेको बताउनु भयो । नेपाल बिबिध भौगलिक बिकटता भएकाले बर्षातको समयमा हुने प्राकृतिक प्रकोप बाट बाँच्न सरकार र सम्बन्धित निकायले पूर्व तयारी गर्नु पर्ने धारणा राख्नु भयो ।
राहात बितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बिद्यार्थी संघ केन्द्रिय अध्यक्ष नैन सिंह महरले बाढी पीडित परिवारलाई तत्काल प्रती परिवार २ लाख उपलब्ध गराउन माग गर्नु भयो । बर्षा बाढीका कारण बिद्यार्थीको स्कुल जान र पढ्न पाउने अधिकारबाट बन्चित भएकाले तत्काल घुम्ती स्कुल तयार गरी पीडित बिद्यार्थीहरुलाई पढ्ने बातावरण मिलाउन सरकार संग माघगगर्नु भयो । यस्तै नेपाल बिद्यार्थी संघ २ नम्बर प्रदेश र नेपाली काङ्रेश सप्तरीको आयोजनामा एक दिने स्वास्थ सिबिर आयोजना गरेको छ । शिविरमा कारीब २१०० जना बढी पीडित ब्यक्तिले निशुल्क स्वास्थ जाच गर्नु का साथै निशुल्क औषधी बितरण गरेका थिए । बढी पीडित सुभास यादब भन्नु हुन्छ नेपाल बिद्यार्थी संघले बढी पीडित परिवारलाई गरेको सहयोग इश्वरिय कार्य भएको बताए । अहिले सम्म कुनै पनि राजनीतिक दलले सहयोग नगरिरहेको अवस्थामा नेबिसंघले सहयोग गरेर तराईका जनताको मन जित्न सफल भएको बताए । राहात बितरण तथा स्वास्थ्य शिविरको सम्योजन नेपाल बिद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष एबम दुई नम्बर प्रदेश सम्योजक सञ्जय कुमार यादब गर्नु भएको थियो।