साउन मसान्तभित्र डिम्याट खाता नवीकरण नगर्नेहरुको खाता रोक्का हुने ।

0
440

साउन १० काठमाडौ ।साउन मसान्तभित्र डिम्याट खाता नवीकरण नगर्नेहरुको खाता रोक्का हुने भएको छ । केन्द्रीय निक्षेप प्रणाली(सिडिएससी) ले साउन मसान्त भित्र हितग्राही (डिम्याट) खाता नविकरण गर्न लगानीकर्ताहरुलाई आग्रह गरेको छ । साउन मसान्तभित्र डिम्याट खाता नवीकरण नगर्नेहरुको खाता रोक्का हुने सिडिएससीले जनाएको छ ।

आर्थिक वर्ष २०७३र७४ डिम्याट खाता सञ्चालन गरेवापत प्रत्येक खातावालाले वार्षिक नवीकरण शुल्क एक सय रुपैयाँ तिनुपर्ने व्यवस्था छ ।लगानीकर्ताले आफ्नो खाता रहेको निक्षेप सदस्यकोमा गएर तोकिएको शुल्क भुक्तानी गरी खाता नविकरण गर्न सक्नेछन । हालसम्म ८ लाख ६९ हजार २५० जनाले डिम्याट खाता खोलेका छन् ।