चितवन, १० साउन । आन्तरिक राजस्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०७३÷७४ मा लक्ष्यभन्दा रु एक अर्ब ८७ करोड सात लाख ५७ हजार बढी राजस्व संकलन गरेको छ ।
कार्यालयका कर अधिकृत जीवराज निरौलाका अनुसार विभागले रु १४ अर्ब ८३ करोड ७७ लाख ८५ हजार लक्ष्य दिएकामा रु १६ अर्ब ७० करोड ८५ लाख ४२ हजार राजस्व संकलन गर्न सफल भएको छ । संकलित राजस्व ११२।६१ प्रतिशत हो । सबैभन्दा बढी अन्तःशुल्क करतर्फ रु १४ अर्ब २३ करोड ७८ लाख ९४ हजार तथा सबैभन्दा न्यून शिक्षा सेवातर्फ रु दुई करोड १५ लाख राजस्व संकलन भएको छ ।
विभागले दिएको लक्ष्य स्वास्थ्य सेवा करमा पु¥याउन नसकिएको देखिन्छ भने अन्य सबैमा पुगेको छ । स्वास्थ्य सेवा करमा रु १२ करोड ४९ लाख १८ हजार लक्ष्य दिइएको थियो तर संकलन भने रु पाँच करोड ९३ लाख ५७ हजार भएको छ । स्वास्थ्य सेवा कर यहाँका दुई मेडिकल कलेजले ठूला करदाता कार्यालय काठमाडौँमा बुझाएपछि यहाँ कम संकलन भएको कार्यालयले जनाएको छ ।
आयकरतर्फ रु एक अर्ब २६ करोड ३० लाख ३५ हजार, घरबहाल करतर्फ रु नौ करोड २२ लाख ७० हजार, ब्याजकरतर्फ रु छ करोड १५ लाख दुई हजार र मूल्य अभिवृद्धि करतर्फ रु ९७ करोड २९ लाख ८४ हजार राजस्व संकलन भएको
छ । विभागले चालु आवका लागि यस कार्यालयलाई रु १९ अर्ब ७४ करोडको लक्ष्य दिएको छ ।
जिल्लामा अहिले ७० हजार करदाता रहेका छन् ।
Post Views:
9,539