निर्वाचन परिणाम अनपेक्षित काँग्रेस,अन्तर्घात गर्नेलाई नछाड्ने निर्णय ।

0
377

साउन १० काठमाण्डौं । नेपाली कांग्रेस केन्द्रीयकार्य समितीको बैठकले स्थानीय तहको निर्वाचन परिणामलाई ‘अनपेक्षित’ भन्दै विभिन्न स्थानमा अन्तर्घात गर्नेहरूलाई कारबाही गर्ने निर्णय गरेको छ।

आज सकिएको बैठकले यस्तो निर्णय गरेको हो ।

निर्वाचनमा अपेक्षित नतिजा नआए पनि लोकतान्त्रिक प्रक्रिया स्वीकार्दै मतदान गर्ने जनतालाई बैठकले धन्यवाद दिएको र विभिन्न स्थानमा अन्तर्घात गर्नेहरूलाई कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

बैठकले निर्वाचनमा घात गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।

बैठकमा सभापति देउवाले पदाधिकारी चयनमा सघाउन रामचन्द्र पौडेललाई आग्रह गरेका थिए।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने आफू पार्टीको लागि त्याग गर्न तयार रहेको भन्दै देउवालाई पनि त्याग गर्न आग्रह गरे।