Home header news ब्यबसायी र परराष्ट्र मन्त्री बिच भेटवार्ता,आर्थिक कुटनीतिलाई बलियो बनाउन माग ।

काठमाडौँ, १० साउन । उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले कुटनीतिक सम्बन्ध स्थापना भएका मुलुकका ‘द्विपक्षीय परामर्श संयन्त्र’मार्फत आर्थिक कुटनीतिलाई प्रभावकारी बनाइने बताउनुभएको छ ।
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाको नेतृत्वको प्रतिनिधि मण्डलसँगको कुराकानीमा मन्त्री महराले द्विपक्षीय परामर्श संयन्त्र भएका मुलुकमा संयन्त्रमार्फत र नभएका मुलुकमा संयन्त्र स्थापना गरेर आर्थिक कुटनीतिलाई प्रभावकारी रुपमा अगाडि बढाइने छ भन्नुभयो ।
परराष्ट्र नीतिसम्बन्धी सुझाव दिन बनेको उच्चस्तरीय कार्यदलमा पनि उद्योग वाणिज्य महासङ्घले महत्वपूर्ण सुझाव दिने विश्वास व्यक्त गर्दै उप्रधानमन्त्री महराले अबका दिनमा राज्यले राजनीतिक भन्दा पनि आर्थिक मुद्दालाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने बताउनुभएको उहाँका प्रेस संयोजक हरि लामिछानेले जानकारी दिनुभयो ।
महासङ्घले मुलुकको आर्थिक विकासमा खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले महासङ्घबाट उठाइएका मागलाई सम्बोधन गर्न आफू र आफ्नो मन्त्रालयको सहयोग रहने विश्वास दिलाउनुभयो ।
सो अवसरमा महासङ्घका अध्यक्ष राणाले कुटनीतिक नियोगलाई निश्चित लक्ष्यसहितको कार्यक्रम दिएर पठाउनुपर्ने सुझाव दिँदै निर्यातमुखी कुटनीतिलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
Post Views:
4,292