अनुसन्धानमा ढिलाई भएको भन्दै स्थानिय आन्दोलित ।

0
230

भोजपुर, ११ साउन । भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा गत असार १२ गते मृत अवस्थामा भेटिएका तीन बालबालिकाको घटनामा अनुसन्धान नगरेको भन्दै स्थानीय आन्दोलित भएका छन् ।

स्थानियले मंगलबार अरुण गाउँपालिका भित्रका सबै कार्यालय ठप्प बनाएका छन् ।

पीडित परिवारलाई क्षतिपूर्ति, दोषीलाई तत्काल पक्राउ गरी कारबाही,लगायतका मागसहित स्थानीय आन्दोलनमा उत्रिएको संघर्ष समितिका सदस्य इन्द्र फुँयालले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले घटनाको विषयमा तीव्ररुपमै अनुसन्धान गरिरहेको जनाएको छ ।