१६ प्रतिशत बिद्युत महसुल बढाउने प्राधिकरणको तयारी,महशुल बढाइए अदालत जाने उपभोक्त मञ्चको चेतावनी ।

0
590

साउन १२ काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल १६ प्रतिशतले बढाउन राखेको प्रस्तावप्रति उपभोक्ता समूहका अगुवाहरुले चर्को विरोध गरेका छन्।
एक पटकमा ५ प्रतिशतभन्दा धेरै बढाउन नियम रहेकाले उपभोक्तावादीहरुले त्यसरी महशुल बढाइए मुद्दा हाल्ने चेतावनी दिएका छन्।
प्राधिकरणले भने थप बिजुली उत्पादन गर्न चाहिने स्रोत जुटाउन र भइरहेको घाटा पूर्ति गर्न महशुल वृद्धि आवश्यक भएको जनाएको छ।
प्राधिकरणको उक्त प्रस्तावमाथि विद्युत महशुल निर्धारण आयोगले आगामी हप्ता छलफल गर्ने बताएको छ।

आर्थिक वर्षको साउन महिनादेखि नै महशुल बढाउनु पर्ने माग प्राधिकरणको छ।