निर्वाचन क्षेत्र निर्धारण आयोगलाई स्वतन्त्र ढंगले काम गर्न एमालेको आग्रह ।

0
342
काठमाडौँ, १२ साउन । नेकपा एमाले स्थायी कमिटीको बैठकले निर्वाचन क्षेत्र निर्धारण गर्दा स्वतन्त्र रुपमा काम गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई आग्रह गरेको छ ।
सरकारले गत साता ४५ दिनको समय दिई सो आयोग गठन गरेको थियो ।
कार्यबाहक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा बसेको बैठकले सरकारले ढिलो गरेर आयोग गठन गरेकाले आयोगले निर्धारित समयमा काम सम्पन्न गर्न नसके २०७४ माघ ७ भित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्न किठन हुने निष्कर्ष निकालेको छ ।