लमजुङमा यात्रुबस दुर्घटना ३० जना घाइते,थप विवरण आउन बाँकि !

0
651

लमजुङ १२ साउन । पोखराबाट लमजुङको कोलासोथार गाउँपालिकाको बालुवावेसीतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा तीस यात्रु घाइते भएका छन् ।

ना५ख ६३९५ नं को बस कास्कीको मादी गाउँपालिका– ८ मा दुर्घटना हुँदा एकजना रुदी खोलामा बगेर बेपत्ता भएका छन् भने दुईजना बसभित्रै च्यापिएका छन् ।

कास्की–लमजुङ सिमानामा रहेको रुदी खोलामा बस खसेपछि अहिले प्रहरी चौकी भोर्लेटारबाट प्रहरी टोली उद्धारका लागि घटनास्थलतर्फ गएको प्रहरी गएको छ ।