स्याङ्जाको वालिङमा स्वाइन फ्लु आतंक,स्वाइन फ्लुका कारण एक जनाको मृत्यु !

0
747

स्याङ्जा१२ साउन । स्वाइन फ्लुका कारण स्याङ्जाको वालिङमा एकजनाको मृत्यु भएको पुष्टि भएको छ । उपचारका क्रममा काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा वालिङ–१४ का ४९ वर्षीय खुमप्रकाश अर्यालको गत सोमबार मृत्यु भएको हो । अर्यालको मृत्युसँगै अहिले वालिङ तथा आसपास बासिन्दा स्वाइन फ्लुका कारण त्रस्त छन् ।

हाल वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक आउने १०० जना बिरामील मा ७० जनासम्म टाउको दुख्ने र ज्वरोसम्बन्धी समस्याका छन् । स्वास्थ्य केन्द्रले सामान्य औषधि दिएर उपचारका लागि पोखरा पठाइएका अर्याल पोखराबाट ग्राण्डी अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल लगेकामा त्यही उनको दुई दिनपछि मृत्यु भएको थियो ।
स्वाइन फ्लु बंगुरबाट मानिसमा सर्ने भएकाले घर नजिकै बंगुर नपाल्न पनि आग्रह गरिएको छ । स्वाइन फ्लुबाट बच्न हात नमिलाउन, अंकमाल नगर्न, मास्क प्रयोग गर्न, भीडभाडमा नजान, संक्रमित वस्तुको सम्पर्कमा नरहन, चिकित्सकको सुझाव छ ।

पछिल्लो समय वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढेको स्वास्थ्य केन्द्रले जनाएको छ ।