काका नयाँ नेपाल कहिले बनाउने ?

0
998

कोही जुट्दै छन्
कोही फुट्दै छन्
भागबन्डा नमिलेर
बाँदरको हातमा नरिवल
नयाँ नेपाल भयो हेर ।
पालै पालो देशलाई
खेल मैदान बनाए
स्वच्छ सफा हराभरा
बनाउछु भन्थे
पालै पालो आज
आफै ( आफै गनाए ।
ठुला ठुला सपना बाडे
देश बनाउने
भाषण गर्छन् दिनभरि
जब साँझ पर्छ
टिल्ल खाँने ठ्वास्स गनाउने
लौ न भनिदेउ काका
यहि पाराले नयाँ नेपाल
कहिले बनाउने ?

बैकुण्ठ दाहाल ।