सरकार र गोविन्द केसी पक्ष बिच वार्ता हुंदै ।

0
588

साउन १३, काठमाडौ । चिकित्सा शिक्षा सुधारको माग राखेर विगत ५ दिनदेखि आमरण अनसनमा रहेका डा केसी र सरकार वीच आज वार्ता हुने भएको छ ।

दिउँसो साढे एक बजे डा केसी पक्ष र सरकारवीच सिंहदरवार परिसरमा वार्ता हुने भएको हो ।

वार्ताकै लागि सरकारले बिहीबार शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

वार्ता टोलीमा स्वास्थ्य सचिव डा किरण रेग्मी तथा प्रधानमन्त्री कार्यालयका सचिव गोपीनाथ मैनाली सदस्य रहेका छन् । सोही वार्ता टोलीले आज वार्ता गर्न लागेको हो ।

डा केसीका तर्फबाट डा। वाईपी सिंह, डा रञ्जन सापकोटा तथा डा जीवन क्षेत्री वार्तामा सहभागी हुनेछन् ।

चिकित्सा शिक्षा विध्येक पारित गरिनु पर्ने तथा चिकित्सा शिक्षा सुधारको माग राख्दै डा केसी त्रिवि शिक्षण अस्पतालमा ११ औं अनसनमा बसेका छन् ।