एसएसबीको चेक जाँचले ढुवानीमा प्रभाव ।

0
501

भैरहवा, १३ साउन । भारतीय अर्धसैनिक बल (एसएसबी)ले सुनौली नाकाबाट भारततर्फ जाने मालबाहक गाडीमाथि कडा जाँच र खानतलासी गर्न थालेपछि ढुवानी प्रक्रिया प्रभावित बनेको छ ।

एसएसबीले दशगजामै चेक जाच गर्ने गरेको छ ।

भारतीय पक्षको जाँचले सुनौली नाकाबाट हुने आयात निर्यात प्रक्रिया प्रभावित भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । चेक जाँचका कारण नेपालतर्फ सामान लिएर गाडी आउन सकेको छैन । सामान्य अवस्थामा सरदर तीन सयदेखि चार सय मालबाहक ट्रक भित्रिने गरेकामा हाल दैनिक करिब १०० देखि १५० मालबाहक गाडी मात्र भित्रिने गरेको भन्सार कार्यालयले जनाएको छ ।

भारतीय पक्षले सुरक्षाको कारण देखाउँदै सीमामा जाँचमा कडाइ गरिएको जनाएको छ । आउँदै गरेको भारतीय स्वतन्त्रता दिवस १५ अगस्त र भारत–चीन विवादका कारण जाँचमा कडाइ गरिएको बताइन्छ ।