भरतपुर अस्पतालले भित्र्यायो ६ करोडको सिटिस्क्यान मेसिन ।

0
700

साउन १५ काठमाण्डौं । चितवनकै सवैभन्दा ठूलो सरकारी अस्पताल, भरतपुर अस्पतालले १२८ स्लाइसको अत्याधुनिक सिटीस्क्यान मेसिन प्रयोगमा ल्याएको छ ।

सरकारी अस्पतालमा सिटी स्क्यान मेशिन सञ्चालनमा आएपछि निजी अस्पतालमा महंगोमा उपचार गराउनुपर्ने वाध्यताको अन्त्य भएको छ । सिटी स्क्यानका लागि ३ देखि ९ हजार रुपैयाँसम्म शुल्क तोकिएको अस्पतालले जनाएको छ । अस्पतालमा सिटिस्क्यान नहँुदा दैनिक २५ भन्दा बढी बिरामीलाई रिफर गर्नु पर्ने समस्याको पनि अन्त्य भएको छ ।

करिव ६ करोड ५० लाखमा सिटी स्क्यान मेसिन खरिद गरिएको अस्पतालले जनाएको छ । सिटी स्क्यानका लागि नेपाल सरकारले ८० प्रतिशत र भरतपुर अस्पताल विकास समितीले २० प्रतिशत खर्च व्यहोरेका छन् ।