जर्मनको नाइट क्लवमा गोही प्रहार,प्रहरीको प्रतिकारमा बन्दुकधारी मारिए ।

0
362

साउन १५ काठमाण्डौं बिबिसी । स्वीट्जरल्याण्डसँग सीमा जोडिएको जर्मनीको कन्सटेन्स शहरस्थित एउटा नाइट क्लबमा गोली प्रहार भएको छ।
घटनामा एकजनाको ज्यान गएको र तीनजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
पछि प्रहरीसँग भएको गोली हानाहानमा ३४ वर्षीय बन्दुकधारी मारिएका थिए।
प्रहरीको गोली लागेर घाइते भएका बन्दुकधारीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो।

गोली हानाहानमा एकजना प्रहरी अधिकारी पनि घाइते भएका छन् तर उनको स्थिति गम्भीर नरहेको बताइएको छ।
पूर्वसावधानीका निम्ति घटनास्थलमा विशेष फौज र एउटा हेलिकोप्टर परिचालन गरिएको थियो।

बन्दुकधारीले एक्लै आक्रमण गरेका थिए वा अरु पनि संलग्न थिए भनी स्पष्ट भइसकेको छैन।
आक्रमणको उद्देश्यबारे पनि थाहा हुन नसकेको अधिकारीहरुले बताएका छन्।
बन्दुकधारीले गोली चलाउन थालेपछि कतिपय ग्राहकहरु भागेका थिए भने कतिपय लुकेका थिए।
स्थानीय समयअनुसार आइतबार बिहान साढे चार बजे घटना भएको थियो।