Home समाचार राधाकृष्ण मन्दीरको मुकुट गायव,खोजी कार्य जारी ।
नुवाकोट, १६ साउन । विदुर नगरपालिका–९ जफतीमा रहेको राधाकृष्ण मन्दिरको मुकुट चोरी भएको छ ।
स्थानीय बासिन्दाको पहलमा पाँच वर्षअघि निर्माण गरेको मन्दिरमा रहेको राधाकृष्णको मुख्य मुकुट आइतबार राति चोरी भएको स्थानीय बासिन्दाले बताएका छन् । बिहान भक्तजन मन्दिरमा पूजा गर्न जाँदा मुकुट चोरी भएको थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए ।
चाँदीबाट निर्मित मुकुट चोरी भएकाले संलग्नको पहिचान गरी कारबाहीका लागि स्थानीयले प्रहरीलाई आग्रह गरेका छन् । चोरी भएको मुकुट स्थानीय बासिन्दाले पाँच वर्षअघि धार्मिक सहयोग अनुदानमार्फत रु ३२ हजारमा खरिद गरेका थिए ।
Post Views: 3,426