शहरी विकास मन्त्री तालतलैयाको उद्धघाटनमा ब्यस्त,जनकपुरलाई धार्मिक तथा पर्यटकीय नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता ।

0
490
जनकपुरधाम, १६ साउन । शहरी विकास तथा भवन निर्माण मन्त्री प्रभु शाहले जनकपुरधामलाई धार्मिक तथा पर्यटकीय नगरीका रुपमा विकास गर्नु पर्ने बताएका छन् । जनकपुरका बिभिन्न तालतलैयाको शिलान्यास तथा उद्घाटन गर्दै शाहले आधुनिक बस्ती बिस्तार गर्नु राज्यको दायित्व भएको भन्दै राज्यको योजना कार्यान्वयन गर्न समुदायले उघाउनु पर्ने बताएका छन् ।
मन्त्री शाहले जनकपुरस्थित देवपुरा रुपैठामा रहेको नोची ठाकुर पोखरीको संरक्षण घाट निर्माण तथा सुन्दरताका लागि नोची पोखरीको शिलान्यास गरे भने महाराजसागर पोखरीको घाट निर्माण र मणिमण्डप निर्माणका लागिसमेत शिलान्यास गरेका छन् । त्यसैगरी जनकपुरको जानकी चोकस्थित अंगराज सर सागर पोखरीको घाटको पनि उद्धघाटन गरेका छन् ।
अंगराजसर सागर पोखरीको उद्घाटन गर्न पुगेका शहरी विकास तथा भवन निर्माण मन्त्री प्रभु शाहलाई परिवर्तनका लागि युवा अभियानका संयोजक सुशील कर्णले ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञपानपत्र बुझ्दै मन्त्री शाहले जनकपुरधामको विकासका लागि जनकपुरवासी इमान्दारीपूर्वक एकजुट हुनु आवश्यक रहेको धारण राखेका थिए ।