Home banner news नदि जन्य प्रभाव नियन्त्रण गर्न नेपाल भारत नागरिक स्तरीय समिती गठन ।
सप्तरी, १७ साउन । सप्तरीका स्थानियले डुवानको समस्या समाधन गर्न सक्रिय भएका छन् । सप्तरीको राजविराजमा सोमबार आयोजित समुदायको सहभागितामार्फत जलस्रोत कूटनीति निर्माणका लागि आयोजित जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा वर्षौंदेखि नेपाली भूभाग डुबानमा पर्दा नेपाल र भारत दुवै पक्षले हालसम्म कुनै ठोस कदम चाल्न नसकेको भन्दै दुवै मुलुकको कूटनीतिक पहल कमजोर भएको निष्कर्षका साथ स्थानीयस्तरबाट पनि समाधान गर्नतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् ।
छलफलले नेपाल–भारत खाँडो त्रियुगा समस्या समाधान नागरिक समितिको पनि गठन गरेको छ । उक्त समितीले नदि जन्य प्रभाव न्युनिकरणको काम गर्ने छ ।
Post Views: 6,642