२०८२ मंसिर २२ गते सोमबार
२०८२ मंसिर २२ गते सोमबार

पेट्रोलको मूल्य घट्यो, डिजेल मट्टितेल र हवाई इन्धनको भने बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाइएको छ ।

तर, डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले बढाइएको छ । समायोजित मूल्य बिहीबार मध्यराति देखि लागू हुनेछ ।

त्यसैगरी, हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर ३ रुपैयाँले मूल्यवृद्धि गरिएको छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २१ अमेरिकी डलरले मूल्य बढेको छ । एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।