Home banner news सरकारी अस्पतालका औषधि पसल नाम मात्रैको,औषधि पाउनै मुस्किल ।
साउन १९ काठमाण्डौं । सरकारी अस्पतालहरुले आफ्नो हाताभित्र स्वयंले सञ्चालनमा ल्याएका औषधी पसलमध्ये अधिकांशमा आवश्यक औषधी तथा उपकरण उपलब्ध नरहेको पाइएको छ।
स्वास्थ्य मन्त्रालयले यो वर्षको असार महिनासम्ममा आफैंले औषधी पसल खोल्न केन्द्रीय, अञ्चल र जिल्ला अस्पतालहरुलाई गत वर्ष निर्देशन दिएको थियो।
तीमध्ये आधाजसोले मात्रै आफ्नो हाताभित्र स्वयंले औषधी पसल सञ्चालन गर्नुपर्ने सरकारको निर्देशन पालना गरेको देखिएको छ।
स्वास्थ्य मन्त्रालयले हालसम्म देशका ५४ वटा सरकारी अस्पतालमा मात्रै आफ्नै स्वामित्वको औषधी पसल सञ्चालन भइरहेको बताएको छ।
तर सञ्चालन भइरहेकामध्ये पनि धेरैमा आवश्यक औषधी पाउन नै मुश्किल परेको छ।
त्यस्तै अवस्थाबाट गुज्रिरहेको छ देशकै जेठो वीर अस्पतालको औषधी पसल पनि, जुन सञ्चालनमा आएको ६ महिना भइसकेको छ।
अस्पतालभित्रको पसलमा उपलब्ध औषधी सस्तो हुने तर त्यहाँ पर्याप्त औषधी नभएपछि महंगो रकम तिरेर बाहिरै किन्नुपर्ने बाध्यता रहेको छ ।
सार्वजनिक खरिद नियमावलीमा भएको संशोधनअनुसार अब सरकारी स्वामित्वको औषधी पसलले आवश्यकताअनुसार ५ देखि १० लाख रुपैयाँ बराबरको औषधी तथा उपकरण कोटेसनमार्फत सोझै खरिद गर्न सकिने व्यवस्था भएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन्।
Post Views:
487