फोहर फाल्न ओखरपौवावासीले पु¥याएको अवरोध हट्यो ।

0
836

नुवाकोट, १९ साउन । काठमाडौ उपत्यकाको फोहर फाल्न ओखरपौवावासीले पु¥याएको अवरोध खुलेको छ ।

फोहर व्यवस्थापन कमजोर भएको भन्दै बुधबारदेखि स्थानीय बासिन्दाले अवरोध पु¥याएकोमा आगामी आइतबारसम्मका लागि अबरोध नगर्ने सहमति भएको छ ।

फोहर फाल्न अवरुद्ध गरिएपछि नुवाकोट र धादिङका अतिप्रभावित क्षेत्रका जनप्रतिनिधि र काठमाडौँ महानगरपालिकाका प्रमुखबीच भएको छलफलमा सहमति भएकाले आजदेखि फोहर व्यवस्थापन गर्न सहज भएकोे हो ।

सहमति पछि फोहर बोकेका गाडी ओखरपौवामा आउन थालेका छन् ।
ओखरपौवाको सिसडोलमा फालिँदै आएको उपत्यकाको फोहर विसर्जनपश्चात् माटोले पुर्नुपर्ने र कीटनाशक औषधि छर्कनुपर्ने माग राखेर बुधबार दिनभर फोहर विसर्जनमा अवरोध गरेका थिए ।