झापामा करेन्ट लागेर दुई जनाको ज्यान गयो !

0
412

झापा, १९ साउन । करेन्ट लागेर आज बिहान झापामा एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–६ बुट्टावारी निवासी २३ वर्षीय सन्देश राई रहेका छन् । उनलाई आज बिहान मल्टिप्लक जोड्ने क्रममा करेन्ट लागेको र उपचारका लागि कनकाई अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

उता गौरादह–१ का अन्दाजी ४५ वर्षीय मंगल हस्द सतार नजिकैको लाल नहरमा डुबेको अवस्थामा फेला परेको इप्रका दमकले जनाएको छ ।