भरतपुरमा एमालेले जितिसक्यो नेता रावल !

0
437

चितवन, १९ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भरतपुरका जनताले पहिले नै देवीप्रसाद ज्ञवालीलाई जिताइसकेको बताउनुभएको छ ।

प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले भरतपुर महानगरपालिका वडा नं १९ का जनताले अहिले पनि ज्ञवालीलाई जिताउने विश्वास व्यक्त गर्नुभयो । भरतपुर–१९ मा भोलि पुनः मतदान हुँदैछ ।

यस्ते रावलले निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्धारित समयमा प्रतिवेदन बुझाएर एकैपटक दुई तहको निर्वाचन गर्नुपर्ने विचार व्यक्त गर्नुभयोे ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पनि नेकपा एमाले पहिलो बन्ने दाबी गर्दै उहाँले तराईका अन्य जिल्लाका जनताले यसलाई पुष्टि गरेको बताउनुभयो ।