२०८२ पुष २ गते बुधबार
२०८२ पुष २ गते बुधबार

शेयर कारोबारी श्रीवास्तव पक्राउ, ११ करोड ठगी गरेको आरोप

काठमाडौं । शेयर कारोबारी सिप्रवी सेक्युरिटी (२२ नम्बर ब्रोकर) का महाप्रबन्धक जयन्त श्रीवास्तव पक्राउ परेका छन् । शेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवालकी श्रीमती मिता मुरारका अग्रवालले दिएको जाहेरीका आधारमा श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अग्रवालकी श्रीमती मिताले दिएको जाहेरी अनुसार श्रीवास्तवले ११ करोड ५५ लाख रूपैयाँ ठगी गरेको आरोप छ ।

मिताले सिप्रवी सेक्युरिटिजका अध्यक्ष रविराज भट्टराई, महाप्रबन्धक जयन्त श्रीवास्तव, प्रबन्ध निर्देशक सतिष कुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपानेविरुद्ध प्रहरी वृत्त सिंहदरबारमा ठगीको आरोप लगाउँदै उजुरी दिएकी थिइन् ।

उजुरीपछि प्रहरीले चारै जनालाई पक्राउ गर्न असार ९ गते पक्राउ पुर्जी जारी गरेको थियो । ब्रोकरसँगको कारोबार विवादकै कारण अग्रवाल यसअघि साढे ६ करोड रूपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका थिए । तर, उनी काठमाडौं जिल्ला अदालतको आदेशमा हाजिर जमानीमा रिहा भएका भइसकेका छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।