कक्षा १२ को बिज्ञान संकायको परिक्षाफल सार्वजनिक,३५ हजार ६६८ परीक्षार्थी उतिर्ण ।

0
614
भक्तपुर, २० साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन गरेको कक्षा १२ को विज्ञान संकायको परीक्षा सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
परीक्षामा नियमिततर्फ कूल ४४ हजार ८९७ परीक्षार्थी सहभागी भएकोमा ३५ हजार ६६८ परीक्षार्थी अर्थात् ७९ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो । परीक्षामा १७ जना परीक्षार्थीको नतिजा रद्ध भएको छ।
त्यसैगरी आंशिकतर्फ नौ हजार ४८९ जना परीक्षार्थी सहभागी भएकामा चार हजार १३७ जना परीक्षार्थी अर्थात् ४३ दशमलव ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उहाँले जानकारी दिनुभयो ।
अन्य विषयको नतिजा भने भदौ १५ गतेसम्ममा सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।