नहरमा डुबेर नवलपरासीमा दुईजना बेपत्ता !

0
279

नवलपरासी, २० साउन । नहरमा डुबेर नवलपरासीमा एक बालिकासहित दुईजना बेपत्ता भएका छन् । जिल्लाको प्रसौनीस्थित नेपाली नहरमा डुबेर दुईजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय ११ वर्षीया बालिका कृष्ण गुप्ता नहरमा डुबेको देखेर उद्धार गर्न जाँदा सोही स्थानका ६० वर्षीय वृजलाल गुप्ता पनि बेपत्ता भएका हुन् ।

नहरमा पानी धेरै भएका कारण दुवैजना बेपत्ता भएको प्रहरीको अनुमान छ ।

पहिला बालिका नहरमा डुबेको देखेपछि बालिकालाई उद्धार गर्न वृजलाल पुगेपछि दुवैजना बेपत्ता भएका हुन् । प्रहरी र स्थानीयवासीको सक्रियतामा दुवैजनाको खोजी कार्य जारी रहेको छ ।