पहीरोले पुरिएर छ जनाको ज्यान गयो !

0
784

बागलुङ, २० साउन । घरमाथिबाट खसेको पहिरामा परी निसीखोला गाउँपालिका–२ बाहुन गाउँमा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अठसठ्ठी वर्षीय मणिमान छन्त्याल, उहाँकी श्रीमती ६३ वर्षीया नन्दकली, बुहारी २२ वर्षीया विन्दु र १८ वर्षीया छोरी गीता रहेको प्रहरीले जनाएको छ । चारै जनाको शव घरभित्र पुरिएका अवस्थामा भेटिएको थियो । नन्दकली र विन्दुको शव बिहान फेला परे पनि मणिमान र गीताको शव भने अपराह्न मात्र निकालिएको थियो ।

यस्तै पहिराले घर पुरिँदा ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका ५४ वर्षीय ओमबहादुर विकको मृत्यु भएको छ । उहाँकी श्रीमती र छोरी सकुशल रहेको तथा छोरा सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरामा परी बेपत्ता निसीखोला गाउँपालिका–१ हुल्दीकी ७५ वर्षीया खगिसराको पनि शव फेला परेको छ । यससँगै मृत्यु हुनेको संख्या छ पुगेको छ ।