भरतपुरको मतगणना सुरु,शनिबार नै परिणाम सार्वजनिक हुने ।

0
730

चितवन, २० साउन । भरतपुर महानगरपालिका वडा नं १९ मा शुक्रबार सम्पन्न निर्वाचनको मतगणना  १०ः३० बजेदेखि सुरु भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राजनीतिक दलसँगको सहमतिपश्चात् राति १०ः३० बजेबाट मतगणनास्थल कभर्डहलमा सुरु भएको हो ।

पहिलो चरणको मतपत्र च्यातिएसँगै रोकिएको मतगणना शुक्रबार पुनःमतदान भएको हो । मतगणनास्थललाई सुरक्षित र व्यवस्थित बनाइएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार कुनै किसिमको समस्या आउन नदिनका लागि मतगणनास्थलमा तीन वटा र बाहिर दुई वटा सिसी क्यामेरा जडान गरिएको छ ।

मतगणनास्थलमा दलका प्रतिनिधि बस्ने स्थानमा तारजाली लगाइएको छ । दलका प्रतिनिधि जालीभित्र रहनेछन् भने बाहिर कर्मचारीले मतगणना गर्नेछन् । राजनीतिक दलका प्रमुख नेतृत्व, उम्मेदवार र गणना हुने वडाका प्रतिनिधिबाहेक अन्य प्रतिनिधि राखिएको छैन । राती १०ः३० बजेबाट सुरु भएको मतगणना शनिबार बिहान सम्ममा अन्तीम परिणाम सार्वजनिक हुने आयोगले जनाएको छ ।