बिद्यार्थीहरुको आन्दोलनले कृषि तथा वन विज्ञान विश्वविद्यालयका सम्पुर्ण काम ठप्प ।

0
602

चितवन, २३ साउन । विद्यार्थीको आन्दोलनका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालयका सम्पुर्ण काम ठप्प भएको छ । निजी क्याम्पसलाई सम्बन्धन दिन लागेको भन्दै विद्यार्थीले आन्दोलन गरेपछि कलेजका सबै काम प्रभावित भएको हो ।

गत असार ६ गतेबाट आन्दोलन सुरु गरेका विद्यार्थीले आफ्नो माग पुरा गराउन हाल सबै काम ठप्प पारेका छन् । विद्यार्थी आन्दोलनले सबै काम रोकिएको क्याम्पसका उपप्राध्यापक अनन्तप्रकाश सुवेदीले बताएका छन् ।

विश्वविद्यालयले सरकारले ७ प्रदेशमा स्थापना गर्ने भनेको आंगिक क्याम्पस स्थापना गर्नुको साटो निजी कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाएको भन्दै केन्द्रीय कार्यालयमा तालाबन्दी गरेर आन्दोलन थालेको अखिल क्रान्तिकारी क्याम्पस कमिटीका अध्यक्ष विश्वास अम्गाईले बताएका छन् ।

असार ६ गतेबाट आन्दोलन थालेका विद्यार्थीे समूह अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियुले केन्द्रीय कार्यालयमा तालाबन्दीसमेत गरेका छन् । विद्यार्थीको मागमा सुनुवाइ नै नगरी काठमाडौँमा बसेर थप प्रक्रिया अगाडि बढाएपछि सबै काम ठप्प हुने गरि धर्नामा बस्नु परेको अध्यक्ष अम्गाईले बताएका छन् ।