आयल निगमले जग्गा किन्दा घोटाला भएको पुष्टि, कारबाही गरेरै छाड्ने आपुर्ती मन्त्रीको भनाई ।

0
451
विराटनगर, २३ साउन । आपूर्ति मन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमद्वारा खरिद गरिएको जग्गा प्रकरणको कानूनी रुपमा जे जस्तो देखिए पनि व्यावहारिक रुपमा बढी मूल्यमा जग्गा खरिद गरिएको देखिएकाले त्यस्ता गलत प्रवृत्तिको विरुद्धमा आफूले कडा कारवाही गराएर छाड्ने दृढता व्यक्त गरेका छन् ।
दशैंँ तिहारको समयमा अतिआवश्यक वस्तुको कृतिम अभाव र मूल्य बढ्न नदिन सरकार गम्भीर रहेको प्रसंग उल्लेख गर्दै उनले कृत्रिम अभावलाई नियन्त्रण गर्न कडा अनुगमन गरिने बताएका छन् ।
कालोबजारीलाई नियन्त्रण र दण्डित गर्न ऐन संशोधनको प्रक्रिया अगाडि बढाइएको जानकारी दावी गरेका छन् ।
नेशनल टे«डिङ लिमिटेड धराशायी अवस्थामा रहेकाले यसलाई नयाँ रुपमा ढाल्न मन्त्रालयले ठोस कदम चाल्ने पनि मन्त्री मण्डलको तर्क थियो ।
प्रेस सेन्टरद्धारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मण्डलले
संविधान कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको काँधमा रहेको भन्दै राजनीतिक सहमतीको आधारमा कार्यान्वयन हुने बिश्वास ब्यक्त गरेका छन् ।