झलनाथ खनालको ठोकुवा २ नम्बर प्रदेशमा पनि एमाले नै पहिलो हुन्छ ।

0
299
झापा, २३ साउन । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मुलुक अहिले निर्वाचन वर्षको रुपमा अघि बढिरहेको बताएका छन् ।
झापाको बिर्तामोडमा आज पत्रकार भेटघाटमा बोल्दै नेता खनालले संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन मुलुक निर्वाचनमय बताएका हुन । खनालले भने “स्थानीय तहको दुबै चरणको निर्वाचनमा एमाले पहिलो भएकोले तेस्रो चरणमा पनि पहिलो नै हुने दावी गरे ।
दुई नम्बर प्रदेशमा तेस्रो चरणमा हुने निर्वाचनमा पनि एमालेको पक्षमा जनलहर बढ्दै गएको बताउँदै नेता खनालले त्यहाँ पनि एमाले पहिलो शक्ति बन्ने छ, अब एमालेको विजयी यात्रालाई कसैले छेक्न सक्दैन ।
सरकारले प्रदेश र संघको निर्वाचनको मिति तोक्न ढिलाइ गरेको भन्दै त्यसप्रति एमालेको आपत्ति रहेको उनको भनाई थियो । निर्वाचन हुन नदिन विभिन्न किसिमको षड्यन्त्र भइरहेको बताउँदै नेता खनालले त्यस्तो षड्यन्त्र विफल बनाउन सबैदलको भुमिका महत्वपुर्ण हुने बताएका छन् ।