ब्याकमेलिङ गर्ने पत्रकार सुरज आचार्यको पक्षमा पत्रकार महासंघमा कारवाही गर्नुको सट्टा उन्मुक्ति दिने दाउ ।

0
642

साउन २३ काठमाडौ । नेपाल पत्रकार महासंघले आफ्ना केन्द्रीय सदस्य तथा इमेज च्यानल टेलिभिजनका वरिष्ठ उपसम्पादक सुरज आचार्यले समाचारका विषयमा आर्थिक मोलाहिजा गरेको सम्बन्धमा कमजोरी स्वीकार गर्र्नुपर्ने निष्कर्ष निकालेको छ ।

पत्रकार आचार्यले चाबहिल भत्केको पुलस्थित मोटर ग्यारेजका सञ्चालकसँग आर्थिक लेनदेनको विषयमा कुरा गरेको गोप्यरुपमा खिचिएको भिडियो लिंकसहित एक अनलाइनमा प्रकाशित समाचारपछि महासंघले महासचिव उजीर मगरको संयोजकत्वमा गठन गरेको छानबिन समितिको प्रतिवेदनको आधारमा यस्तो ठहर गरेको हो ।

समग्र प्रकरणमा कुनै आर्थिक लेनदेन भएको देखिन्न तर पनि यसले पत्रकारिता क्षेत्रको विश्वसनीयता र पत्रकारको आचरण तथा महासंघको पदीय मर्यादाका सन्दर्भमा सार्वजनिक रूपमा गम्भीर प्रश्न उठेकाले यस प्रकरणमा आचार्यले आफ्नो कमी कमजोरीलाई सार्वजनिक रूपमै स्वीकार गर्न र भावी दिनमा कमी कमजोरी नहुने प्रतिबद्धता व्यक्त गर्न आवश्यक देखिएको महासंघको भनाइ छ ।