मध्यपहाडी लोकर्माग जोखिममा,पहिरोले बाटोको आकार नै गायव ।

0
547
खोटाङ, २५ साउन । मध्यपहाडी लोकमार्गमापर्ने निर्माणाधीन दिक्तेल–हलेसी सडकखण्ड पहिरोको उच्च जोखिममा परेको छ । कालोपत्रेका लागि सडक फराकिलो पार्नेक्रममा स्काभेटर प्रयोग गर्दा सडकदेखि माथिल्लो भागसमेत खलबलिएपछि ठाउँ÷ठाउँमा पहिरो खस्न थाले पछि बनेको सडकले आकार गुमाउन लागेको छ।
कच्ची सडकको विभिन्न स्थानमा पहिरो झरिरहँदा जोखिम मोलेर गाडी गुडाउनुपर्ने अवस्था छ । सडकदेखि माथिल्लो भागबाट झरेको पहिरोले हाल निर्माणाधीन सडक आसपासको नाली पुरिनुका साथै वर्षाको पानी सडकबाटै बग्दा सडक हिलाम्मे भएको छ ।
दिक्तेलदेखि हलेसीसम्म ४२ किलोमिटर लम्बाइ रहेको उक्त सडकमा साना ठूलागरी हजारौंँ पहिरो खसेर थुप्रिएको छ ।सडकमा थुप्रिएको पहिरो नहटाउँदा यातायात सञ्चालन गर्न कठिन भएको यातायात व्यवसायी संघका महासचिव रामकुमार हिङमाङले जानकारी दिएका छन् ।