बाढी पहिरो पिडीतलाई राज्य भएको महसुष गराउन साँसदहरुको माग ।

0
400

काठमाडौँ, २५ साउन । ब्यबस्थापिका संसदको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले वर्षात्ले देशभरिका राजमार्गलाई क्षति पु¥याएको, काठमाडौँभित्रका सडकमा बनेका खाडल पुर्न प्रधानमन्त्रीको निर्देशन पालना नभएकोतर्फ सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।

उनिहरुले कोशी ब्यारेजको पानी सप्तरीको गोबरगाडामा पसेको, गएराति कास्कीका विभिन्न स्थानमा पहिरो गएको, चिकित्सा विधेयक सदनमा प्रस्तुत गर्न, अस्थायी शिक्षकका माग पूरा गर्न पनि माग गरेका छन् ।

सांसदहरुले प्रधानमन्त्रीबाट हुन लागेको आसन्न भारत भ्रमणका बारेमा सदन समक्ष जानकारी गराउन, भूकम्पपीडितलाई सरकारले दिने भनेको राहत तथा सुविधा शीघ्र प्रदान गर्न पुनःनिर्माण प्राधिकरणको ध्यानाकर्षण गराएका थिए ।

यसरी आफ्नो धारणा राख्नुहुने सांसदहरुमा शिवराज चौधरी, शिवलाल थापा, सकलदेव सुतियार, सीतादेवी गिरी ओली, सिन्धुजलेसा बुढाथोकी, सीता नेपाली, श्रीप्रसाद जगेबु, हर्कबोल राई, हितराज पाण्डे, ज्ञानुदेवी गैरे रहेका थिए ।