अन्तराष्ट्रिय युवा सम्मेलनमा नेविसंघ अध्यक्ष महरले सम्बोधन गर्ने,नेपालको शिक्षा क्षेत्रको बिकासमा सघाउन विश्व समुदायलाई आग्रह गर्ने ।

0
2138

साउन २६ काठमाण्डौं । अमेरिकाको न्यूयोर्कमा हिजो देखि सुरु भएको अन्तराष्ट्रिय युवा सम्मेलनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महर सहितको टोलीले सहभागीता जनाएको छ ।
अगष्ट ९ देखि १२ सम्म चल्ने अन्तराष्ट्रिय युवा सम्मेलनमा बिश्वभरका युवा नेताहरुको सहभागीता रहेको छ । संयुक्त राष्ट्र संघ द्धारा आयोजित युवा सम्मेलनमा नेविसंघको प्रतिनिधित्व भएको यो पहिलो पटक हो।

अन्तराष्ट्रिय मञ्चको उच्चतम सदुपयोग गर्दै नेपाल जस्ता बिकास उन्मुख देशको शिक्षा र रोगजारीका बिषयमा धारण राख्ने अध्यक्ष महरले जानकारी दिएका छन् ।
अमेरिका बसाइका क्रममा अध्यक्ष महरले उठाउँदै आएका नैतिक शिक्षा, व्यवहारिक शिक्षा संगै विभिन्न शैक्षिक विषयमा शिक्षा क्षेत्रका विभिन्न व्यक्तिहरुसँग छलफल गरी गरिव तथा विपन्नबर्गका नेपाली बिद्याथीको शिक्षाको अधिकार पुर्ती गर्न पहल गर्ने पनि बताएका छन । सम्मेलनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष महर, महामन्त्री सरोज कुमार थापा एवं अध्यक्षका वैदेशिक सल्लाहकार डम्बर सुनार सहभागी रहेका छन् । महर साताब्यापी अमेरीका भ्रमण पुरा गरि आगामी हप्ता स्वदेश फर्कने कार्यक्रम रहेको छ ।